Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आवश्यक अध्ययन अनुसन्धान तथा बजेटको सुनिश्चितताको अभावमा विकास आयोजनाका काम अपेक्षा गरिए अनुरुप अगाडि बढ्न नसकेको बताउनुभएको छ । उहाँले सहरबासीको स्वस्थ्य र सुन्दर जीवनका लागि सफा र सुन्दर सहर अपरिहार्य रहेको स्पष्ट पार्नुभयो ।

उहाँले केही वर्षयता स्मार्ट सहर, नयाँ सहर, भ्यु टावर, ठूला ठूला सभाहललगायतका महत्वकाङ्काक्षी आयोजनाहरु अघि सारिए पनि त्यसको उद्देश्य, निर्माण, सञ्चालन तथा लगानीको ढाँचाबारे स्पष्टता नभएको बताउनुभयो । उहाँले स्पष्ट योजनाविनाको भ्यूटावर उन्नति र समृद्धिको द्योतक हुन नसक्ने स्पष्ट पार्नुभयो ।

सहरी विकास मन्त्रालयद्धारा शुक्रबार राजधानीमा आयोजित सहरी विकाससँग सम्बन्धित समसमायिक विषयमा सञ्चारकर्मीहरुको लागि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री झाँक्रीले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले समाज र मुलुकको समस्या तथा राज्यले लिएको नीतिबारे राम्रो ज्ञान भएका सञ्चारकर्मीले मात्र देश र जनताको पक्षमा पत्रकारिता गर्नसक्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले नीति निर्माण तथा राज्यको उच्च तहमा रहेका कतिपय व्यक्तिहरु नै विकासको बाधक रहेको चर्चा गर्दै बताउँदै तिनीहरुले नै खोकना, बन्चरेडाँडा, सिसडोलजस्ता आयोजनास्थलहरुमा जग्गा खरिद तथा पलटिङ गरी आयोजनाहरुलाई अगाडि बढाउन अवरोध पुर्याएको आरोपसमेत लगाउनुभयो ।

कार्यक्रममा सहरी विकास मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहले सहरीकरणमा देखिएका चुनौती र तथा आगामी कार्यदिशा, सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्मकुमार मैनाली र विभागका सिनियर डिभिजनल इन्जिनियर रोशन श्रेष्ठले राष्ट्रिय सहरी नीतिबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय