प्रतिनिधिसभा (संसद)को बैठक आज (शनिबार) पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने छ ।
बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि छलफल हुने जनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १० गते संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।