Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिने विषयमा चाँडै निर्णय गरिने बताएका छन् ।

मूल्यवृद्धि फिर्ताको मागसहित मन्त्रीसँग भेटेका विद्यार्थी संगठनलाई उनले यस्तो बताएका हुन् । मंगलबार सरकारआबद्ध नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी)लगायत १५ विद्यार्थी संगठनले ध्यानाकर्षण पत्र बुझाएपछि मन्त्री वडुले उक्त जानकारी दिएका हुन् ।

विद्यार्थी संगठनले आजसम्म मूल्यवृद्धि फिर्ता गर्नुपर्ने बताएका थिए । मन्त्री वडुले मूल्यवृद्धिको विषयमा चाँडै निर्णय गर्ने प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थी संगठनलाई आन्दोलन नगर्न आग्रह गरेका हुन् ।

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालका अनुसार मन्त्री वडुले विद्यार्थीलाई ग्यासमा सहुलियत दिने र पेट्रोलियम पदार्थमा कर फिर्ता लिने विषयमा चाँडै नै सरकारले निर्णय गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय