Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुनः डाक्टर ट्रेडोस  अधानोम गेब्रेयसस पुनः नियक्त भएका छन् ।

उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुनः महानिर्देशकमा निर्वाचित गरेका हुन् ।

गेब्रेयसस पहिलो पटक २०१७ मा निर्वाचित भएका थिए । पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलनबाट उनी पुनः अर्को कार्यकालका लागि निर्वाचित भए । यस पटक गेब्रेयसस एक्लो उम्मेदवार थिए ।

‘डब्लुएचओका महानिर्देशकको रूपमा दोस्रो कार्यकालको लागि सदस्य राष्ट्रहरूले प्रदान गरेको अवसरबाट म आभारी छु,’ निर्वाचित भएपछि उनले भनेका छन्, ‘यद्यपि यो सम्मान ठूलो जिम्मेवारीका साथ आउँछ र म सबै देशहरू, विश्वभरका मेरा सहकर्मीहरू र हाम्रा मूल्यवान साझेदारहरूसँग काम गर्न प्रतिबद्ध छु ।’

स्वास्थ्य प्रवर्द्धन गर्ने, विश्वलाई सुरक्षित राख्ने र जोखिममा परेकाहरूलाई सेवा गर्ने आफ्नो मिसनलाई विश्व स्वास्थ्य संगठनले पूरा गरेको उनको भनाइ छ ।

महानिर्देशक डा. टेड्रोसको नयाँ कार्यकाल भने आधिकारिक रूपमा १६ अगस्ट देखि सुरु हुने डब्ल्यूएचले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय