Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

वीरगञ्ज- वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बन्नुभएको हो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार बिजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गर्नुभयो ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई २२ हजार ५४४ मतान्तरले पराजित गर्दै सिंह मधेश प्रदेशको एकमात्र महानगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको हो ।

यसैगरी उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस इम्तियाज आलम कूल २५ हजार १५८ मतसहित विजयी हुनुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पुरुषोत्तमलाल झाले छ हजार ७१९ मत प्राप्त गर्नुभयो । निर्वाचन कार्यालयले मतपरिणामको आधिकारिक घोषणा गर्न भने बाँकी नै छ ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा ( माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)का बीच एक समूह बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो भने एमाले र लोसपाले समूह बनाएर सरावगीलाई उम्मेदवार बनाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय