Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

बलात्कार आरोपमा पक्राउ परेका मनोज पाण्डेविरुद्ध दुई फरक आरोपमा मुद्दा चल्ने भएको छ । एक युवतीमाथि मानव बेचबिखन र अर्की किशोरीमाथि यौन दुर्व्यवहारको आरोपमा मुद्दा चलाउने तयारी गरिएको हो ।

आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा दोस्रो भएकी सुस्मिता रेग्मीले आफूमाथि पाण्डेले पटक–पटक बलात्कार गरेको आरोप लगाउँदै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी थिइन् ।

तर, उक्त घटनामाथि जाहेरी दिने हदम्याद पहिल्यै सकिएकाले प्रहरीले सुस्मितामाथिको अपराधलाई मानव बेचबिखनतर्फ मोड्न लागेको हो । बलात्कारमा जाहेरी दिने हदम्याद एक वर्ष हुन्छ ।

त्यस्तै अर्की एक किशोरी पाण्डेले आफूलाई बलात्कार प्रयास गरेको भन्दै हिजो प्रहरीको सम्पर्कमा आएकी थिइन् । उनको किटानी जाहेरीसमेत दर्ता भइसकेको छ ।

स्रोतका अनुसार उनको हकमा प्रहरीले पाण्डेविरुद्ध यौन दुर्व्यवहारको मुद्दा चलाउने तयारी गरेको छ । उमेरले नाबालिक भएकाले उनको केसमा हदम्याद आकर्षित हुँदैन ।

आरोपी पाण्डेलाई आज म्याद थपका लागि जिल्ला अदालत काठमाडौँ लगिँदै छ । अदालतले मानवबेचविखन वा यौन दुर्व्यवहारमध्ये एउटा आरोपमा म्याद थप्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय