Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
बाँकेको नेपालगञ्ज उपमहानगरमा मेयरमा कांग्रेस र उपमेयरमा जसपा विजयी
Nepali Unicode | Preeti to Unicode

नेपालगञ्ज । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ।

आज (शुक्रबार) बिहान सम्पन्न मत गणनाको मत परिणाम अनुसार नेपाली कांग्रेसका प्रशान्त विष्ट २३ हजार ४ सय ६० मत प्राप्त गरेर विजयी हुनुभएकाे हाे। उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पशुपतिदयाल मिश्रले ११ हजार ६ सय ७५ मत प्राप्त गरेर पराजित हुनुभएकाे छ।

विष्ट र मिश्रबीच ११ हजार ७ सय ८५ मतको अन्तर रहेको छ। यसअघि मेयर पदमा विजयी हुनुभएका राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ मत प्राप्त गर्नुभएकाे छ।

त्यस्तै, साेही उपमहानगरपालिकाको उपमेयरमा भने जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई १७ हजार ९ सय ५० मत प्राप्त गरेर विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरेर पराजित हुनुभएकाे हाे।

साथै राप्रपाकी विन्दु चर्तीमगरले १० हजार १ सय ३५ मत प्राप्त गर्नुभएकाे हाे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय