Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार चिरिबाबु महर्जनले ७ हजारभन्दा बढी मतले अग्रता लिएका छन् ।

आज बिहानसम्म ३१ हजार १९ मत गणना गर्दा महर्जनले १६ हजार ४ सय ९ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले ८ हजार ९ सय ३७ मत पाएका छन् । राप्रपाका अष्ट महर्जनले १ हजार ३ सय ४१ मत पाए ।

उपप्रमुख पदमा भने नेकपा एमालेकी मञ्जली शाक्यले ८ हजार ८ सय ४० मत सहित अग्रता कायम राखेकी छन् । माओवादी केन्द्रका बाबुराज बज्राचार्य मञ्जलीभन्दा २ हजार २ सय ५७ मत अन्तरले पछाडि छन् । बाबुराजले ६ हजार ५ सय ८३ मत पाएका छन् । राप्रपाकी स्वर्निमा शाक्यले २ हजार ४ सय २५ मत पाएकी छन् ।

ललितपुर माहानगरपालिका वडा नं. १० मा नेपाली कांग्रेसका रबिनमान व्यञ्जनकार ८ सय २८ मत प्राप्त गर्दै र वडा नं. ११ मा नेपाली कांग्रेसकै अरोज कुमार खड्गी ७ सय ८४ मतसहित विजयी भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय