Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

कञ्चनपुरको वेदकोट नगरपालिकाको नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार भोजराज बोहरा निर्वाचित भएका छन् ।

गए राति सम्पन्न मतगणनामा नेकपा (एमाले)का उम्मेदवार सुशीला सिंहलाई तीन हजार ३३८ मतान्तरले पराजित गर्दै बोहरा नगरप्रमुखमा निर्वाचित भएका । बोहराले आठ हजार ७८ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी सिंहले चार हजार ७४० र नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)बाट गठबन्धनका उम्मेदवार रामचन्द्र रेग्मीले तीन हजार ८९८ मत प्राप्त गरे ।

निर्वाचित बोहरा यसअघिको निर्वाचनमा सोही पालिकामा नेकपा (एमाले)का अशोककुमार चन्दसित पराजित भएका हुन् । काँग्रेसका पूर्व जिल्ला सचिवसमेत रहेका बोहरा लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका छन् ।

त्यसैगरी सो नगरपालिकाको उपप्रमुखमा काँग्रेसकै तुलसी जोशी निर्वाचित भएकी छन् । उनले सात हजार २५४ मत प्राप्त गरिन् ।

नेकपा (एमाले)की पार्वती जोशीले पाँच हजार ७२७ र माओवादी–समाजवादी गठबन्धनका उम्मेदवार हिरा जैशीले तीन हजार ६५२ मत प्राप्त गरेका छन् ।

दश वटामध्ये वेदकोटमा काँग्रेसले पाँच वडाध्यक्षसमेत जितेको छ । अघिल्लो निर्वाचनमा यहाँ एमालेले नगरप्रमुख/उपप्रमुखसहित बहुमत वडाध्यक्ष जितेको थियो ।

महेन्द्रनगर बजारमा भट्ट निर्वाचित

त्यसैगरी कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर रहेको वडामा नेपाली काँग्रेसका उम्मेदवार सुशील भट्ट वडाध्यक्षमा निर्वाचित भएका छन्। वडा नं ४ बजार क्षेत्रमा प्यानलसहित निर्वाचित भएका भट्टले ७८३ मत प्राप्त गरे ।

वडाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका करनसिंह पालले २५३, एमालेका तेजबहादुर मल्लले १७१ र स्वतन्त्र उम्मेदवार कैलाश चन्दले १३७ मत प्राप्त गरेका छन् ।

नौ पालिका रहेको कञ्चनपुरमा भीमदत्त, शुक्लाफाँटा, कृष्णपुर र पुर्नबास नगरपालिकामा मतगणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय