Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
५३४ वटा स्थानीय तहको मत परिणाम सार्वजनिक: कसले कति जिते ? (सूचीसहित)
Nepali Unicode | Preeti to Unicode

स्थानीय तह निर्वाचन २०७९ को मत गणनाको परिणाम आउने क्रम जारी छ ।

आज (बिहीबार) बिहानसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार ५३४ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । अहिलेसम्म सार्वजनिक भएको विवरणअनुसार नगर प्रमुखदेखि वडा सदस्यसम्म सबैमा नेपाली काँग्रेसले बलियो देखिएको छ ।

नगर प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य सबै पदमा काँग्रेस नै अगाडि छ ।

सार्वजनिक नतिजा मात्र नभएर गणना भइरहेका पालिकामा समेत काँग्रेसकै अग्रता कायम छ । नगर उपप्रमुखमा भने नेकपा एमाले काँग्रेसभन्दा अगाडि बढेको छ ।

नगर प्रमुखमा एमालेभन्दा काँग्रेस झन्डै दोब्बर

मत गणना सम्पन्न भएका नगरपालिकाको प्रमुखमा काँग्रेसले सर्वाधिक ८१ स्थानमा जित हासिल गरेको छ । उसले ४४ स्थानमा अग्रता लिएको छ ।

प्रमुख पदम एमालेले ४६ स्थानमा जित हासिल गर्दा ३१ स्थानमा अग्रता लिएको छ । नेकपा माओवादी केन्द्रले १६ नगरपालिकामा प्रमुख जितेको छ । गणना जारी रहेकामध्ये उसले ११ स्थानमा अग्रता लिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले ४ स्थानीय तहको प्रमुख जितको छ । उसले नौ स्थानमा अग्रता लिएको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले ८ स्थानमा जित हासिल गरी २५ स्थानमा अग्रता कायम गरेका छन् ।

काँग्रेसले १६१ वटा गाउँपालिकामा अध्यक्ष जितेको छ । मतगणना जारीमध्ये ४७ स्थानमा अग्रता लिएको छ । एमालेले १०३ वटा स्थानमा अध्यक्ष जित्दा २१ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्रले ८६ वटा गाउँपालिकामा अध्यक्ष जित्दा ६ स्थानमा मात्रै अग्रता कायम गरेको छ ।

जनता समाजवादी पार्टीले १३ स्थानमा जित हासिल गरेको छ भने ६ स्थानमा अग्रता लिइरहेको छ । अन्यले १७ स्थानमा विजय हासिल गरी १० स्थानमा अग्रता कायम गरेका छन् ।

उपप्रमुखमा एमाले अगाडि बढ्दै

मतगणना भइसकेका नगरपालिकाको उपप्रमुख पदमा पनि काँग्रेस अगाडि देखिन्छ । अग्रता लिएको आधारमा जित निकाले मात्रै एमालेले काँग्रेसलाई उछिन्ने देखिएको छ ।

काँग्रेसले ६१ स्थानमा जित हासिल गरी ३९ स्थानमा अग्रता कायम गर्दा एमालेले काँग्रेसभन्दा चार संख्यामात्रै कम अर्थात् ५७ स्थानमा जित हासिल गरी ४९ स्थानमा अग्रता कायम गरेको छ । नेकपा माओवादी केन्द्रले २४ स्थानमा उपप्रमुख पदमा जित र ९ स्थानमा अग्रता कायम गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले उपप्रमुख पदमा ६ स्थानमा जित र तीन स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले ७ स्थानमा विजय हासिल गरी १६ स्थानमा अग्रता कायम गरेका छन् ।

गाउँपालिका उपाध्यक्षमा काँग्रेसकै अग्रता

गाउँपालिकाको उपाध्यक्ष पदमा भने काँग्रेसले १६६ स्थानमा जित हासिल गरी २३ स्थानमा अग्रता कायम गर्दा एमालेले १०१ स्थानमा जित हासिल गरी २३ स्थानमा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले उपाध्यक्ष पदमा ८४ स्थानमा जित र ६ स्थानमा अग्रता कायम गरेको छ । जनता समाजवादी पार्टीले ११ स्थानमा जित र ६ स्थानमा अग्रता लिइरहँदा अन्य राजनीतिक दल तथा स्वतन्त्रले १९ स्थानमा विजय हासिल गरी ६ स्थानमा अग्रता कायम गरेका छन् ।

काँग्रेसले २२०० वडा अध्यक्ष जित्दा एमालेका १७१६

यस्तै काँग्रेसले अहिलेसम्म २२०० वटा वडामा अध्यक्ष जितेको छ । ५५ स्थानमा अग्रता कायम गरेको छ । एमालेले १७१६ मा जित हासिल गरी ६८ स्थानमा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले ९१९ वडाध्यक्ष जित्दै र १४ स्थानमा अग्रता कायम गरेको छ । जसपाले १९२ वटा वडामा अध्यक्ष जितेर १२ स्थानमा अग्रता कायम गरेको छ । अन्य राजनीतिक दल र स्वतन्त्रले ४७० वटा वडामा विजय हासिल गरी १४ स्थानमा अग्रता कायम गरेका छन् ।

काँग्रेसबाट २१६० र एमालेबाट १८६४ महिला सदस्य विजयी

काँग्रेसले २१६० स्थानमा महिला सदस्य जितेको छ । ५६ स्थानमा अग्रता कायम गरेको छ । एमालेले १८६४ जना महिला सदस्य जितेर ७२ स्थानमा अग्रता कायम गरेको छ ।

माओवादी केन्द्रले ८५६ जना महिला सदस्य जितेर १४ स्थानमा अग्रता कायम गरेको छ । जसपाले १९२ जना महिला सदस्य जितेर १४ स्थानमा अग्रता लिएको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रबाट ४२० वडा सदस्य जितेर ८ स्थानमा अग्रता कायम गरेका छन् ।

दलित महिला सदस्यतर्फ काँग्रेसले २१०० जना जितेर ६१ स्थानमा अग्रता कायम गरेको छ । एमालेले १८४० जना दलित महिला सदस्य जितेको छ । उसले ६६ स्थानमा अग्रता लिएको छ । माओवादी केन्द्रले ८६० जना जित्दा १४ स्थानमा अग्रता कायम गरेको छ ।

जसपाले १९० जना दलित महिला सदस्य जित्दा १४ स्थानमा अग्रता लिएको छ । अन्य राजनीतिक दल तथा स्वतन्त्रले ४१० स्थानमा विजय हासिल गरी ५ स्थानमा अग्रता कायम गरेका छन् ।

खुला सदस्यमा काँग्रेसका ४३४३ र एमालेका ३७७०

वडा सदस्य पदमा पनि काँग्रेस नै अगाडि रहेको छ । उसले ४३४३ स्थानमा जित हासिल गरी ६१ स्थानमा अग्रता कायम गरेको छ । एमालेले ३७७० स्थानमा जित्दा ७५ स्थानमा अग्रता कायम गरेको छ । माओवादी केन्द्रले १५९० खुला सदस्य जितेर १० स्थानमा अग्रता कायम गरेको छ । जसपाले ३८१ स्थानमा जित र १५ स्थानमा अग्रता कायम गरेको छ ।

अन्य राजनीतिक दल तथा स्वतन्त्रले ८७३ स्थानमा विजय हासिल गरी ६ स्थानमा अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय