Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
गैँडाकोट नगरपालिका प्रमुख–उपप्रमुखमा काँग्रेस
Nepali Unicode | Preeti to Unicode

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । यसअघि सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा गैँडाकोटमा नगरप्रमुख गुमाएको काँग्रेसले यसपटक बहुमत वडाध्यक्षसहित नगरप्रमुख र उपप्रमुख जितेको हो ।

गैँडाकोटको नगरप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार मदनभक्त अधिकारी निर्वाचित भएका छन् । नेकपा (एमाले)का उम्मेदवार छत्रराज पौडेललाई दुई हजार ८४९ मतान्तरले पछि पार्दै गैँडाकोटको नगरप्रमुखमा अधिकारी विजयी भएका हुन् ।

नगरप्रमुखमा निर्वाचित अधिकारीले १६ हजार ४५५ मत प्राप्त गर्दा निवर्तमान नगरप्रमुख समेत रहेका एमाले उम्मेदवार पौडेलले १३ हजार ६०६ मत प्राप्त गरे ।

त्यसै गरी गैँडाकोट नगर उपप्रमुखमा समेत काँग्रेसकी उम्मेदवार शान्ति कोइराला निर्वाचित भएकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर उपप्रमुखका उम्मेदवार तुलाराम पौडेललाई करिब दोब्बर मतान्तरले पराजित गर्दै कोइराला नगर उपप्रमुखमा निर्वाचित भएकी हुन् ।

नगर उपप्रमुखमा निर्वाचित कोइरालाले १६ हजार ११४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी पौडेलले आठ हजार ६४० मत मात्रै प्राप्त गरे ।जम्मा १८ वटा वडा रहेको गैँडाकोटमा नगरप्रमुख र उपप्रमुख जितेको काँग्रेसले ११ वटा वडाध्यक्ष समेत जितेको छ ।

गैँडाकोटको नगरप्रमुख गुमाएको एमालेले ६ वटा वडाध्यक्ष जितेको छ भने नेकपा (माओवादी केन्द्र)ले एउटा वडाध्यक्ष जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय