Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
देशभरको मतपरिणाम आउने क्रम जारी, ४२० तहको मत परिणाम सार्वजनिक
Nepali Unicode | Preeti to Unicode

देशभरको ७ सय ५३ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि भएको निर्वाचन अन्तर्गत अधिकांशको मत परिणाम सार्वजनिक भएको छ । वाँकी स्थानीय तहको मतगणना जारी छ ।

हालसम्म ४२० वटा स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमा नेपाली काँग्रेसले १ सय ९३ र नेकपा एमालेले १ सय २० स्थानीय तहको प्रमुखमा जीत हासिल गरेका छन् ।

त्यसैगरी नेकपा माओवादी केन्द्र ८३ स्थानमा विजयी भएको छ भने नेकपा एकीकृत समाजवादी अहिलेसम्म ७ स्थानमा निर्वाचित भएको छ ।

त्यसैगरी स्वतन्त्रबाट ५ जना निर्वाचित भएका छन् । जनता समाजवादी ५, राष्ट्रिय जनमोर्चा ४ स्थान र राप्रपा २ स्थानमा विजयी हुँदा नेमकिपाले १ स्थानमा विजय हासिल गरेको छ । आज अवेरसम्ममा महानगर र उपमहानगरपालीकाको बाहेक मतदान सम्पन्न भएका स्थानको मतगणना सकिने आयोगले वताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय