Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

जिल्लामा एक दम्पत्तिमाथि कुटपिट भएको छ । हालै सम्पन्न स्थानीय तह निर्वाचनमा आफूहरूलाई भोट नदिएको भन्दै सिराहाको भगवानपुर गाउँपालिकामा दुई जनामाथि कुटपिट भएको हो ।

उक्त गाउँपालिका वडा नं. २ नहरा गाउँका दम्पत्तिमाथि भगवानपुर–२ मा नेकपा एमालेबाट प्यानलसहित वडाध्यक्ष जितेका सूर्यनारायण यादवको समूहले कुटपिट गरेको हो । जितपछि विजय जुलुस गर्ने क्रममा सोमबार बिहान नहरा गाउँस्थित घरमै बसिरहेकी करिब ३५ वर्षीया गीतादेवी यादव र उनका श्रीमान् दुनियालाल यादवमाथि कुटपिट भएको प्रत्यक्षदर्शीको भनाइ छ ।

‘घरमै बसिरहेकी थिएँ, जुलुसबाट एक्कासि आएर ‘हामीलाई किन भोट नदिएको’ भन्दै कुटपिट गर्न थाले,’ पीडित गीतादेवीले भनिन्। श्रीमतीलाई कुट्न थालेपछि छुट्याउन आएका श्रीमानलाई पनि कुटपिट गरेपछि छिमेकीहरूले छुट्याएर उपचारका लागि लहानस्थित प्रादेशिक अस्पताल ल्याएको उनले बताइन्।

कुटपिटमा घाइते भएका यादवदम्पती उपचारपछि सोमबार अपराह्न घर फर्किएका छन्। ‘गोप्य मतदानमा आफूले इच्छाएको उम्मेदवारलाई मत दियौँ, घरायसी रिसइवीको कारणले भोटको निहुँ झिकेर कुटपिट गरे,’ पीडित दम्पतीले भने।

विजय जुलुस गाउँमा आएपछि जुलुसबाट निस्किएर नवनिर्वाचित वडाध्यक्ष यादवका भतिजा अनिल यादवसहित देवनाथ यादव, कृष्णबन्धु यादवलगायतले कुटपिट गरेको पीडित दम्पती बताउँछन्। नवनिर्वाचित वडाध्यक्षले भोटको निहुँमा कुटपिट गर्नु गोप्य मतदान गर्न पाउने नागरिक अधिकारको हनन् भएको नाम उल्लेख नगर्ने सर्तमा स्थानीय एक युवाले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय