Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
अमरगढी नगरपालिका काङ्ग्रेसमय, अध्यक्ष-उपाध्यक्षसहित १० वडामा काङ्ग्रेसको नेतृत्व
Nepali Unicode | Preeti to Unicode

नेपाली काङ्ग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको सदरमुकामसमेत रहेको अमरगढी नगरपालिकामा प्रमुख, उपप्रमुख तथा ११ मध्ये १० वडामा काङ्ग्रेसले जित हासिल गरेको छ ।

उक्त नगरपालिकाको वडा नम्बर ८ मा काङ्ग्रेस (विपि) विजयी भएको छ । २०७४ सालको निर्वाचनमा नगर प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको अमरगढीमा यस पटक काङ्ग्रेसले कब्जा गरेको छ ।

अमरगढी नगरपालिकाको निर्वाचनलाई निकै महत्वका साथ हेरिएको थियो । काङ्ग्रेस डडेल्धुराका निवर्तमान सभापति कर्ण मल्ल पक्षले काङ्ग्रेस विपिबाट एमालेसँग तालमेल गरी अमरगढीसहित जिल्लाका सबै सात पालिाकामा निर्वाचन लडेका थिए ।

काङ्ग्रेसका डिल्लीराज जोशीले काङ्ग्रेस (विपि) का हरिप्रसाद भट्टलाई एक सय ९३ मतले पराजित गर्दै नगर प्रमुखमा विजय प्राप्त गरे । उपप्रमुखमा पनि काङ्ग्रेसकै पार्वती झुकाल विजयी भइन् । डिल्लीराज र पार्वती २०७४ सालको निर्वाचनमा एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।

अमरगढीमा यस पटक काङ्ग्रेस र काङ्ग्रेस (विपि) बीच प्रतिस्पर्धा रहेको थियो । नगर प्रमुखमा विजयी डिल्लीराजले तीन हजार ६ सय १९ मत प्राप्त गरे । भने उनका निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेस विपिका हरिप्रसादले तीन हजार ४ सय २६ मत प्राप्त गरे ।

त्यस्तै, उपप्रमुखमा विजयी पार्वतीले तीन हजार ६ सय ७८ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी यज्ञराज अवस्थीलले तीन हजार ८५ मत प्राप्त गरे ।

अमरगढी नगरपालिकाका ११ वडामध्ये वडा नम्बर ८ मा काङ्ग्रेस (विपि) विजयी भएको छ भने बाँकी १० वडामा काङ्ग्रेसको पुरै प्यानन विजयी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय