Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
स्थानीय तह निर्वाचनमा धेरै मत बदर हुने जोखिम उच्च
Nepali Unicode | Preeti to Unicode

मतदाता शिक्षा प्रभावकारी नहुनु, राजनीति दलका प्रतिनिधिले मतदातालाई मतदानका बारेमा बुझाउन नसक्नु, निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगर्नु, ठुलो र झन्झटिलो मतपत्रका कारण  स्थानीय तह निर्वाचनमा धेरै मत बदर हुने जोखिम उच्च बनेको छ । मतदान सुरु हुन करिब १९ घन्टा समय पनि बाँकी छैन । तर मतदाता कसरी मतदान गर्ने भनेर अलमलमा छन् ।

जानेबुजेका मतदाताहरू पनि मतदान गर्ने तरिकाका बारेमा ढुक्क छैनन् । सर्वसाधारण मतदाताको त अवस्था झनै कमजोर छ । सर्वसाधारण मतदातालाई सिकाए पनि बिर्सिहाल्ने समस्या रहेको झापा बाह्रदशीका प्रशान्त गिरीले बताए । ‘मतपत्र नै झन्झटिलो छ,पाका उमेर र सामान्य मतदातालाई त बुझाउनै सकिन्न,’ उनले भने,’जान्नेबुझ्ने नै त अमललिने अवस्था छ, एकैपटकमा त कसैले पनि बुझ्दैनन् ।’ उनले मतदाताले मतदान गर्ने तरिका राम्ररी नबुझेका कारण धेरै मत बदर हुने चिन्ता व्यक्त गरे ।अहिले पनि दलका प्रतिनिधिहरू  नमूना मतपत्र घरघर पुर्‍याएर मतदातालाई मतदान गर्ने तरिका सिकाइरहेका छन् । तर सिकाइ प्रभावकारी हुन नसकेको उनीहरू स्वयम् बताउँछन् । यसअघि पनि दलहरूले बुझेकाहरूलाई नै गाउँघरमा खटाएर  मतदान गर्न नसिकाएका भने होइनन् ।

स्थानीय तहको निर्वाचन भएकाले आफूले इच्छाएका उम्मेदवारको चिन्ह खोजेर मत हाल्ने भएका कारण बढी नै मत बदर हुने सम्भावना रहेको मतदाता शिक्षामा खटेकाहरूको अनुभव छ । निर्वाचन आयोगले यसपटक मतदाता परिचयपत्र हराएका र नयाँ मतदातालाई मात्रै मतदाता शिक्षा दिने लक्ष्य बनाएको छ ।

त्यसमा पनि हिजो र आज मतदाता परिचयपत्र लिन मतदान केन्द्रमा जाने व्यक्तिमात्रै मतदाता शिक्षामा समेटिने छन् । धेरै व्यक्तिको परिचयपत्र परिवारका एक जना सदस्य वा राजनीतिक दलका प्रतिनिधिले बुझेर लाने चलन भएकाले पनि मतदान गर्ने तरिकाका बारेमा धेरै व्यक्ति अनभिज्ञ नै रहने छन् । गएको स्थानीय तह निर्वाचनमा आयोगले नै कर्मचारी खटाएर मतदाता शिक्षा चलाएको थियो । तर, त्यसबेला कर्मचारीले विचारधाराका आधारमा मतदातालाई सिकाएको र प्रभावमा पार्न खोजेको आवाज मुखरित भएपछि यसपटक आयोगले मतदाता शिक्षाका लागि कर्मचारी नखटाएको हो ।

एउटा व्यक्तिले एकैपटकमा सातजना उम्मेदवारलाई मतदान गर्नुपर्ने भएकाले पनि मत बदर हुने समस्य टड्कारो बनेको हो ।  दुई पुरुष सदस्यमध्ये एक जनालाई मतदान गर्नुपर्ने मतपत्रको एउटा कोठामा दुईवटा चुनाव चिन्ह किन राखिएको हो, अधिकांश मतदातालाई थाहा नै छैन । यो विषयमा बुझाउने समय अब न राजनीतिक दललाई छ न त निर्वाचन आयोगलाई नै । निर्वाचनमा खटिएका कतिपय कर्मचारीलाई समेत मतदान गर्ने तरिकाका बारेमा पूर्ण जानकारी नभएको पाइएको छ ।

जसका कारण पनि अधिक मत बदर हुने सम्भावना छ । राजनीतिक दल र स्वतन्त्र गरी धेरै उम्मेदवार हुँदा मतदान गर्न अप्ठ्यारो र मत बदर प्रतिशत उच्च हुने नमुना मतदानबाट पनि देखिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय