Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
परिवारलाई क्षतिपूर्ति र शहीद घोषणा गर्नुपर्ने तरुण दलको माग
Nepali Unicode | Preeti to Unicode

नेपाल तरुण दलले चितवनका अनिल परियारको हत्या प्रकरणमा उनको परिवारलाई क्षतिपूर्ति र शहीद घोषणा गर्नुपर्ने माग गरेको छ ।

दलका अध्यक्ष विद्वान् गुरुङले मंगलबार एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । साथै शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै उनले तरुण दलको गम्भीर ध्यानार्षण भएको समेत उल्लेख गरेका छन् ।

परियारको २५ गत्ते साँझ साढे ७ बजेको करिब हत्या भएको थियो । भरतपुर महानगरपालिका वडा नं. ७ को कृष्णपुर खेल मैदाननजिक उनको हत्या भएको हो ।

प्रहरीले हालसम्म हत्यारा सार्वजनिक गर्न सकेको छैन । जसको विरोधमा चितवन कांग्रेस र स्थानीय युवाहरुले प्रदर्शन गरिरहेका छन् । ‘घोर आततायी एवं अपराधिक मनोवृतिका अज्ञात समूह’ बाट भएको उक्त हत्या ‘सुनियोजित’ भएको तरुण दलको ठहर छ ।

‘त्यस पासविक एवं घोर अपराधिक घटना प्रति नेपाल तरुण दल खेद प्रकट गर्दै त्यस घटनाको यथासिघ्र सत्य तथ्य पत्ता लगाई हत्याराहरुलाई हदै सम्मको कानुनी कारबाही गर्न दल सम्बन्धित निकायलाई जोडदार माग गर्दछ,’ दलका अध्यक्ष गुरुङले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘स्थानीय निर्वाचनमा हारको मनस्थितिबाट होस गुमाएका हत्यारा अपराधिक तत्वलाई तत्काल कानुनको दायरामा ल्याएर हदै सम्मको कानुनी कारबाही गर्न, तरुण नेता अनिल परियारलाई शहिद घोषणा गर्न र नीजको परिवारलाई उचित क्षतिपूर्ति समेत प्रदान गर्न तरुण दल जोड्दार माग गर्दछ ।’

साथै आफूहरुको आग्रह बेवास्ता गरिए त्यस घटनाबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार प्रशासन आफै हुने चेतावनीसमेत गुरुङले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय