Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
६ दिनभित्र मतगणना सकाउने :निर्वाचन आयोग
Nepali Unicode | Preeti to Unicode

निर्वाचन आयोगले मतदान सम्पन्न भएको ६ दिनभित्र मतगणना सम्पन्न गर्ने रणनीति बनाएको छ । ५ जेठ २०७९ मा देशभरका स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि सकिने भएकाले आयोगले त्यतिन्जेल सबै स्थानीय तहको मतगणना सकेर नतिजा सार्वजनिक गर्ने रणनीति बनाएको हो ।

‘छ वटा महानगरपालिका र उपमहानगरपालिकाको गणना हाम्रा लागि चुनौती हो,’ आयोगको निर्वाचन व्यवस्थापन महाशाखा अन्तर्गतका एक अधिकृतले भने, ‘अधिकतम जनशक्ति खटाएर भए पनि छिटोभन्दा छिटो मतगणना गर्ने हाम्रो योजना छ ।’ निर्वाचन आयोगले मतगणनाका लागि अधिकतम जनशक्ति खटाउन पनि महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

३१ वैशाख २०७४ सालमा पहिलो स्थानीय तह निर्वाचन भएको थियो । स्थानीय तह निर्वाचन अनुसार, निर्वाचन भएको ६ दिनपछि पदावधि सुरु भएको मानिने व्यवस्था अनुसार देशभरका स्थानीय तहका जनप्रतिनिधिहरू ६ जेठ २०७४ देखि पदमा बहाल रहेको भनी अवधि गणना गरिन्छ । त्यसरी हेर्दा ५ जेठ २०७९ मा उनीहरूको पाँच वर्षे कार्यकाल पूरा हुन्छ । निर्वाचन आयोगले उनीहरूको बिदाइ हुनुअघि नै नयाँ जनप्रतिनिधि निर्वाचित भएर पद बहालको व्यवस्था मिलाउन खोजेको हो ।

देशभर ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिका छन् । निर्वाचन आयोगले ६ दिनभित्र ती स्थानीय तहको मतगणना सकाउनुलाई प्रमुख चुनौती मान्दै त्यही अनुसार जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ । छिटो मतगणना गर्न सकेसम्म एकभन्दा बढी स्थानमा गणनाको व्यवस्था मिलाउन समेत आयोगले आग्रह गरेको छ ।

सबैभन्दा बढी मतदाता रहेको काठमाडौँ महानगरपालिकामा ३ लाख मतदाता छन् । ललितपुर महानगरपालिकामा १ लाख २३ हजार, भरतपुर महानगरपालिकामा १ लाख ८६ हजार, पोखरा महानगरपालिकामा २ लाख ८ हजार, वीरगन्ज महानगरपालिकामा १ लाख २४ हजार र विराटनगर महानगरपालिकामा १ लाख ३३ हजार मतदाता छन् ।

२०७४ सालमा पहिलो चरणको स्थानीय तह निर्वाचन ३१ वैशाखमा भएको थियो । पहिलो चरणमा नै निर्वाचन भएको काठमाडौं महानगरपालिकामा दुई सातापछि अर्थात् १४ जेठमा विद्यासुन्दर शाक्य निर्वाचित भएको घोषणा गरिएको थियो । त्यति बेला काठमाडौं महानगरपालिकामा सुस्त शैलीमा मतगणना गरेको भनी निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृत कार्यालयको चर्को आलोचना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय