Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

दाङ- दाङमा भएको सवारी दुर्घटनामा परेर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । गढवामा स्कार्पियो र मोटरसाइकल एक आपसमा ठोक्किएर गम्भीर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

सोमबार दिउँसो साढे १ बजे लमहीदेखि गढवा जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च ००७७ नम्बरको स्कार्पियो र गढवाबाट लमहीतर्फ आउँदै गरेको रा ६ प ७३७९ को मोटरसाइकल गढवा गाउँपालिका वडा नम्बर ५ सिक्रहवामा एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गढवा गाउँपालिका वडा नम्बर ६ आँटिपाकर निवासी २० वर्षिय अरुण चौधरी र सोही ठाउँ निवासी २३ वर्षिय सुरज चौधरीको मृत्यु भएको छ । घाइते दुबै जनालाइ लमहीमा प्राथमिक उपचार गरेर थप उपचारको लागि नेपालगन्ज लगिएको थियो । उनिहरु दुबैजना मोटरसाईकलमा सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय