Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
दुर्घटनामा परेर घाइते भएका दुवै जनाको मृत्यु
Nepali Unicode | Preeti to Unicode

दाङ- दाङमा भएको सवारी दुर्घटनामा परेर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ । गढवामा स्कार्पियो र मोटरसाइकल एक आपसमा ठोक्किएर गम्भीर घाइते भएका दुई जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।

सोमबार दिउँसो साढे १ बजे लमहीदेखि गढवा जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च ००७७ नम्बरको स्कार्पियो र गढवाबाट लमहीतर्फ आउँदै गरेको रा ६ प ७३७९ को मोटरसाइकल गढवा गाउँपालिका वडा नम्बर ५ सिक्रहवामा एक आपसमा ठक्कर खाँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा परेर गढवा गाउँपालिका वडा नम्बर ६ आँटिपाकर निवासी २० वर्षिय अरुण चौधरी र सोही ठाउँ निवासी २३ वर्षिय सुरज चौधरीको मृत्यु भएको छ । घाइते दुबै जनालाइ लमहीमा प्राथमिक उपचार गरेर थप उपचारको लागि नेपालगन्ज लगिएको थियो । उनिहरु दुबैजना मोटरसाईकलमा सवार थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय