Nepali Unicode | Preeti to Unicode

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगामी तत्त्वहरूले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षडयन्त्र गरिरहेको बताएका छन् ।

आज एक अपिल जारी गर्दै प्रचण्डले भनेका छन्, ‘सङ्घीयता र समावेशी समानुपातिक प्रतिनिधित्व विरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धिविरुद्ध ठूलो षडयन्त्र गरिरहेका छन्। त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनबीचको लडाइँका रुपमा लिएका छौं।’

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमनलाई साथ दिन पनि आग्रह गरेका छन् ।

कृषिमा अनुदानमार्फत उत्पादन, किसान पेन्सन, औद्योगिकरण तथा ग्रामिण आत्मनिर्भर अर्थतन्त्रबाट रोजगारी, सबैखाले शोषण र विभेदको अन्त्य, विदेशमा रगत–पसीना चुहाउने अवस्था नहटाई साँचो अर्थमा लोकतन्त्रको अनुभूति जनताले गर्न नसक्ने उनको भनाइ छ।

‘इतिहासले माओवादीलाई यो जिम्मेवारी सुम्पिएको छ। हामीलाई यथास्थितिमै रुमल्लिन रहर र छूट दुवै छैन,’ उनले अपील गर्दै भनेका छन्, ‘त्यसैले अग्रगमन र प्रतिगमनको लडाइँमा नेकपा (माओवादी केन्द्र)लाई मतदान गरी नेपाली जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढौं।’

प्रतिक्रिया

सम्बन्धित खवर