Nepali Unicode | Preeti to Unicode

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनलाई भरतपुरमा चुनाव जित्न समस्या नभएको बताएका छन् ।

चितवनको भरतपुरमा बिहीबार हुने चुनावी सभालाई सम्बोधन गर्न आएका दाहालले भरतपुरमा विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै गठबन्धनको धेरै स्थानमा जित हासिल हुने दबी गरे ।

उनले भने, ‘भरतपुर लगायतका स्थानहरूमा गठबन्धनले चुनाव जित्ने धेरै आधारहरू छन् जुन कारणले पनि चुनाव जित्न कुनै समस्या छ जस्तो लाग्दैन।’

बागी उम्मेदवार जगन्नाथ पौडेलप्रति इङ्गित गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले उम्मेदवारी उठ्न जो–कोहीलाई पनि स्वतन्त्रता रहेको भन्दै फैसला जनताको हातमा रहेको बताए । भरतपुरमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेनु दाहाल मेयरको उम्मेदवार छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर