Nepali Unicode | Preeti to Unicode

नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा बिहीबार निर्णय हुने भएको छ ।

एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बुधबारदेखि सुनुवाइ भएको हो । बुधबार पक्ष र विपक्ष दुवैका कानून व्यवसायीले आ–आफ्नो तर्फबाट बहस गरेका थिए ।

निवेदक पक्षले वरिष्ठताक्रम मिचेर गरिएको नियुक्ति बदर गर्दै निमित्त आइजिपीमा पोखरेललाई तोक्नुपर्ने गरी अन्तरिम आदेश माग गरेको थियो भने सरकारी पक्षले चुनावका मुखमा अन्तरिम आदेश जारी गर्न नहुने तर्क गरेको थियो । आज पुनः निवेदकहरुले जवाफी बहस गरेपछि अन्तरिम आदेश दिने वा नदिने तय हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर