Nepali Unicode | Preeti to Unicode

नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई ‘लुतो’ भनेका छन् ।

‘पाँच दलीय गठबन्धन अलिक समय आएको लुतो हो । ठूलो घाउ पनि होइन,’ एमालेको काठमाडौँ महानगर कमिटीको कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘कतिबेला यता खुचखुच गर्छ, कतिबेला उता खुचखुच गर्छ । केही समयका निम्ति पीडा हो ।’
उनले गठबन्धनको कडा आलोचना गर्दै ‘लुतो’ पन्छाउने बताए । ‘यो लुतो पन्छाउने दुई दिन हुने छ नेपालमा, एउटा वैशाख ३०, अर्को मङ्सिरतिर होला ।’

प्रतिक्रिया

सम्बन्धित खवर