Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

उरुग्वेका स्ट्राइकर लुइस स्वारेजको डेब्यू खेल दमदार बन्यो । ला लिगाअन्तर्गत ग्रानडाविरुद्ध खेल सकिन मात्र २० मिनेट बाँकी छँदा मैदान प्रवेश गरेका स्वारेजले दुई गोल र असिस्ट गरे ।

मैदान प्रवेश गरेको दुई मिनेटमै मार्कोस लोरेन्टेको गोलमा असिस्ट गरेका स्वारेजले खेलको ८३औं मिनेट र इन्ज्युरी समयमा दुई गोल गरे । बार्सिलोना छोड्न बाध्य भएपछि यसै समर ट्रान्सफरमा एथ्लेटिको मड्रिडमा अनुबन्ध भएका स्वारेज प्रेरित खेलमा एथ्लेटिकोले ६–१ गोल अन्तरको जित निकाल्यो ।

बार्सिलोनाबाट एथ्लेटिको आएको दुई दिनपछि नै उनले प्रेरणादायी खेल खेले । ‘एउटा खेलाडीलाई कहिलेकाहीँ परिवर्तन हुन पनि आवश्यक हुन्छ,’ खेलपछि पत्रकारसँग बोल्दै स्वारेजले भने, ‘म यो क्लब आउँदाको शानदार स्वागत नै यहीँ हो । म आफ्नो डेब्यू खेलबाट निकै खुशी छु । र, आफ्नो क्लबलाई महत्त्वपूर्ण तीन अंक दिलाउन पाउँदा अझ खुशी छु ।’

‘लिगको पहिलो खेलमै अंक लिन सफल भयौं । जब कुनै डेब्यू खेलमा गोल गर्न सकिन्छ, तब धेरै नै खुशी मिल्छ । तर, हामीले भविष्य पनि हेर्नुपर्छ किनकि लामो सिजन बाँकी नै छ,’ उनले थपे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय