वैशाख १3
रत्ननगर ११ को वडाध्यक्ष पदको लागी नेपाली कांग्रेसको तर्फबाट दिलिप चन्द्र घिमिरेले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । रत्ननगर नगरपालिकाको परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै उनीसंगै खुल्ला तर्फको सदस्य पदको लागी सोम बहादुर श्रेष्ठ र पन्चु गुरुङ, महिला सदस्यको लागी यसोदा अधिकारी र दलित महिला सदस्यको सुमित्रा दर्जी परियार पनि आफ्नोआफ्नो मनोनयन दर्ता गराएका छन्
