Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी र इजरायली मिडियाको दाबी : अमेरिकाले सम्झौताका लागि इरानलाई १५ सुत्रीय योजना पठायो | निपनीमा ट्याङ्करले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु | मध्यपूर्वको सैन्य तनावको प्रत्यक्ष प्रभाव पर्यटन क्षेत्रमा | सभापति थापाको राजीनामा अस्वीकृत गर्ने कांग्रेसको तयारी | आज देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना | अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप |

अर्बपति इलोन मस्कले सामाजिक सञ्जाल ट्विटर अधिग्रहण गरेका छन् । ट्विटरको सञ्चालक समिति (बोर्ड)ले ४४ अर्ब डलरमा उक्त कम्पनी अधिग्रहण गर्ने मस्कको प्रस्तावमा सहमति जनाएको छ ।

मस्कले झन्डै दुई साताअघि सबैलाई चकित पार्दै ट्विटरको केही प्रतिशत सेयर खरिद गरेका थिए । उनले त्यसबेला ट्विटरमा “व्यापक सम्भावना“ रहेको र ती सम्भावनाका ढोकालाई आफूले खोल्ने बताएका थिए।

उनले नक्कली खाताहरूलाई हटाउने तथा उसका सामग्रीमाथिका प्रतिबन्धहरूलाई खुकुलो पार्नेसम्मका धेरै परिवर्तनहरूका लागि पनि आह्वान गरेका थिए। कम्पनीले सुरुमा मस्कको यस्तो आह्वानलाई अस्वीकार गरेको थियो।

तर अब भने उसले शेअरधनीहरूलाई सम्झौता अनुमोदनका लागि मतदान गर्न आग्रह गर्नेछ।

फोर्बस् पत्रिकाका पत्रिकाका अनुसार मस्क विश्वका सबैभन्दा धनी व्यक्ति हुन्। उनको अनुमानित सम्पत्ति २७३.६ अर्ब डलर रहेको छ।

उनी विद्युतीय सवारीसाधन निर्माता टेस्ला कम्पनीको मुख्य शेअरधनी हुन् भने अन्तरिक्षसम्बन्धी कम्पनी स्पेसएक्सको पनि उनले नै नेतृत्व गर्छन्।

उक्त सम्झौताको घोषणा गर्दै मस्कले भनेका छन्, “अभिव्यक्ति स्वतन्त्रता कार्यात्मक लोकतन्त्रको आधार हो र ट्विटर एउटा डिजिटल सहरको चोक हो, जहाँ मानवताको भविष्यका लागि महत्त्वपूर्ण कुराहरूको बहस गरिन्छ। नयाँ सुविधा थप्दै, विश्वास बढाउन अल्गोरिदमहरूलाई खुला गर्दै, स्प्याम बटहरूलाई पराजित गर्दै र सबै मानिसहरूलाई प्रमाणित गर्दै म पनि ट्विटरलाई पहिलाको भन्दा राम्रो बनाउन चाहन्छु ।“

उनले थपे, “ट्विटरमा व्यापक सम्भावना छ– त्यो सम्भावनालाई उजागर गर्न म कम्पनी र प्रयोगकर्ताको समुदायसँग काम गर्न म तत्पर छु।“

ट्विटरमा देखापर्ने सामग्रीलाई लिएर राजनीतिज्ञ र नियमनकर्ताहरूको दबाव परिरहेका बेला यस्तो निर्णय सार्वजनिक भएको हो। ट्विटरमा गलत सूचना फैलिने क्रमलाई रोक्न नसकेको भन्दै दक्षिणपन्थीदेखि वामपन्थीसम्मले उसको आलोचना गर्ने गरेका छन्।

गत वर्ष भूतपूर्व अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि ट्विटरले “हिंसाका लागि उत्तेजना फैलाएको“ भन्दै प्रतिबन्ध लगाएको थियो। सम्भवतः त्यो नै सबैभन्दा शक्तिशाली प्रयोगकर्तामाथिको प्रतिबन्ध थियो। (बिबिसी)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय