Nepali Unicode | Preeti to Unicode

एक्लै निर्वाचन लड्ने निर्णयसहित कञ्चनपुर काङ्ग्रेसले स्थानीय तहका उम्मेदवारहरुको टुङ्गो लगाएको छ । कञ्चनपुरमा सत्ता गठबन्धनका घटकहरूबीच सहमति नभएपछि काङ्ग्रेसले एक्लै चुनाव लड्ने निर्णय गरेको छ भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले चुनावी तालमेल गरेका छन् ।

काङ्ग्रेसका तर्फबाट भीमदत्त नगरपालिकाको प्रमुखमा जिल्ला सभापतिसमेत रहेका पदम बोगटीलाई उम्मेदवार बनाइएको छ । सभापति बोगटी २०७४ सालको स्थानीय निर्वाचनमा पनि भीमदत्त नगरपालिकाको मेयरका उम्मेदवार थिए । उनी एमालेका सुरेन्द्र विष्टसँग झिनो मतले पराजित भएका थिए ।

काङ्ग्रेसले भीमदत्त नगरपालिका उपप्रमुखमा निलम लेखकलाई उम्मेदवार बनाएको छ । त्यस्तै, काङ्ग्रेसले दोधाराचाँदनी नगरपालिका प्रमुख तथा उपप्रमुखमा गोपाल दत्त भट्ट र गङ्गा जोशी, बेदकोट नगरपालिकामा भोजराज बोहरा र तुलसी जोशी, शुक्लाफाँटा नगरपालिकामा चिन्तामणी भट्ट र कल्पना पन्तलाई उम्मेदवार बनाएको छ ।

यस्तै, काङ्ग्रेसबाट कृष्णपुर नगरपालिका प्रमुखमा हेमराज ओझा तथा उपप्रमुखमा द्रोपदी राना, पुनर्बासमा तोयानाथ शर्मा र भूलिया राना तथा बेलौरी नगरपालिका प्रमुखमा होसियार विष्ट र उपप्रमुखमा खिना भण्डारी उम्मेदवार रहेका छन् भने लालझाँडी गाउँपालिका अध्यक्षमा श्रीकृष्ण राना र उपाध्यक्ष्मा राधा रानालाई उम्मेदवार बनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर