नेपाली काङ्ग्रेसले काठमाडौँ महानगरको मेयरमा नेतृ सिर्जना सिंह र ललितपुरमा चिरिबाबु महर्जनलाई उम्मेदवार बनाउने भएको छ ।
काठमाडौँमा महाधिवेशन प्रतिनिधि सिर्जना सिंहले टिकट पाएकी हुन् । गठबन्धन दलबीच भागबन्डा हुँदा काठमाडौँकाे मेयर काङ्ग्रेसको भागमा परेको थियो । सिंह पूर्वमहामन्त्री प्रकाशमान सिंहकी पत्नी हुन् ।
यस्तै आफ्नाे भागमा परेकाे ललितपुर महानगरकाे मेयरमा काङ्ग्रेसले वर्तमान मेयर चिरिबाबु महर्जनलाई नै उठाउने भएको छ ।
काङ्ग्रेस स्राेतका अनुसार ललितपुरमा महर्जनलाई नै टिकट दिने पक्का भएकाे हाे ।
