रत्ननगर । रत्ननगरमा सत्ता गठबन्धनले सबै वडामा भागबण्डामा सहमति गरेका छन्। १६ वटा वडा रहेको रत्ननगर नगरपालिकामा नेपाली कांग्रेसले ९, नेकपा (माओवादी केन्द्र)ले ४ र एकीकृत समाजवादीले तीन वटा वडाध्यक्ष पाउने सहमति गरेका छन् । जस अनुसार कांग्रेसले वडा नं. २,३,४,६,७, १०,११,१२ र १६ मा वडाध्यक्ष पाउनेछ ।
माओवादी केन्द्रले वडा नं. १, ५, १३ र १५ पाउने छ भने समाजवादीले वडा नं. ८ ,९ र १४ मा वडाध्यक्ष पाउनेछ । रत्ननगरको मेयर कांग्रेसले र उपमेयर समाजवादीले पाउने सहमति सत्ता गठबन्धन दलबीच भएको छ ।
