Nepali Unicode | Preeti to Unicode
 BREAKING
सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक |

काठमाडौं, असोज १३। नजिकिँदै गरेको दशैंतिहार लाई लक्षित गर्दै सरकारले असोज १५ गतेदेखि सुपथ मूल्य पसल खोल्ने निर्णय गरेको छ । सोमवार दिउँसो उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो निर्णय गरेको हो ।

नेपाल सरकारको स्वामित्वमा सञ्चालित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले दशैंतिहारलाई लक्षित गर्दै असोज १५ देखि आगामी मङ्सिर ६ गतेसम्म सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका छन् ।

काठमाडौं उपत्यकामा खाद्य कम्पनीले ५ स्थान, साल्ट ट्रेडिङले ५ स्थान र दुग्ध विकास संस्थानले ३ स्थान गरी १३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीका अनुसार सुपथ मूल्य पसलमा खाद्य कम्पनीले चामल, दाल, कर्णालीको सिमी, फापर, खानेतेल, आँटा स्यानिटाइजर, इन्डक्शन चूल्हो र खसीबोकालगायत विक्री गर्ने छ । त्यसैगरी साल्ट ट्रेडिङले चिनी, नून र दुग्ध विकास संस्थानले घिउ, पनिरलगायत खाद्यवस्तु विक्री गर्ने भएका छन् ।

सम्भव भएसम्म यी तीनओटै कम्पनीले वस्तु विविधीकरणका लागि एकअर्काका उत्पादन तथा खाद्य सामग्रीसमेत साटफेर गरेर विक्री गर्ने योजना रहेको सुवेदीले जानकारी दिए ।

खाद्य कम्पनीले काठमाडौं उपत्यकाभित्र थापाथली, रामशाह पथ, लगनखेल, सूर्यविनायक, नक्खु गरी पाँचओटा विक्री केन्द्रमार्पmत खाद्यवस्तु विक्री गर्ने छ । कोरोना महामारीको त्रास कायमै रहेकाले भीडभाड कम गर्ने र भौतिक दूरीलाई ध्यानमा राख्दै सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सुपथ मूल्य पसल सञ्चालन गरिने कम्पनीले बताएको छ । यसबाहेक खाद्य कम्पनीले अनलाइन अर्डरमार्फत पनि सामान उपलब्ध गराउने योजना राखेको छ ।

साल्ट ट्रेडिङले घुम्ती पसलसमेत सञ्चालन गर्ने निर्णय भएको छ । उपत्यकाबाहिर करीब १६ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने निर्णय भएको बताइएको छ । कुनकुन जिल्लामा सञ्चालन गर्ने भन्ने बारेमा भने मन्त्रालयले केही दिनभित्र नै टुंगो लगाउने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय