Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

वीरेन्द्रनगर । दैलेखमा नेपाली काँग्रेसबाट स्थानीयतह प्रमुखमा युवाहरु आकांक्षी बढी देखिएका छन्। आकांक्षी बढी हुँदा छनौट समितिमा सिफारिस पनि बढी युवाहरु परेका हुन्।आठविस नगरपालिकाबाट युवाहरु अर्जुन शाही, प्रेमप्रकाश शाही र दिपा बोहोरा रहेका छन्। ती मध्ये बोहोरा अहिले उपप्रमुख हुन्। प्रेमप्रकाश अघिल्लो चुनावमा एमालेका उम्मेदवारसंग हारेका थिए। अहिले नयाँ अनुहारका रुपमा रहेका समाजसेवी तथा दुई पटक नगर सभापति भएका अर्जुन शाही पनि सिफारिस भएका छन्। त्यस्तै सदरमुकाममा रहेको नारायणको नगर प्रमुखमा पनि सिफारिस हुनेहरुमा युवाहरुकै वर्जश्व रहेको छ।

नारायण नगरपालिकामा निर्मला खड्का, बास्ना थापा, भुपेन्द्र शाही, टेकबहादुर कटुवाल, यामबहादुर मल्ल, खेमराज केसी, रेशम विक, गणेशप्रसाद उपाध्याय, बखत कटुवाल, पूर्णबहादुर मल्ल, गणेशकुमार श्रेष्ठ, मनोजकुमार थापा र प्रकाश न्यौपानेको काम नगर समितिले सिफारिस गरेको हो। १३ जनामध्ये ९ जना युवाहरु छन्। जिल्लाले छान्न नसकेपछि प्रदेशमा सिफारिस गरिएको काँग्रेस पार्टी सभापति मणीराम रेग्मीले बताए।

कर्णालीको राजधानी वीरेन्द्रनगरमा पनि आकांक्षी बढी छन्। गठबन्धनबाट काँग्रेसको भागमा नगर पर्ने भएसंगै चर्चामा आएका सम्भावित उम्मेदवारहरुमा देवकुमार सुवेदी, विष्णु खड्का, नारायण कोईराला, उपेन्द्र खड्का र गोविन्द कोईराला हुन्। उम्भावित उम्मेदवार सवै युवा प्रतिनिधित्व छ। यी केही जिल्लाको युवा उम्मेदवारको उदाहरण मात्र हो। कर्णालीका जाजरकोट, सल्यान, रुकुम ९पश्चिम०, जुम्ला, कालिकोट लगायतका कर्णालीका अधिकाँश जिल्लामा यतिखेर युवा उम्मेदवारहरु सिफारिसका लागि अग्रपंतिमा आएका छन्। गाउँपालिकादेखि नगरपालिकासम्म प्रमुखदेखि वडाध्यक्षसम्म युवाहरु जवरजस्त रुपमा आफ्नो उम्मेदवारी अघि सारेका छन्। जसका कारण समाजमा राजनीति युवाहरुको हातमा पुग्ने आभास देखाएको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय