Nepali Unicode | Preeti to Unicode

निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमा मङ्गलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदै छ । अधिकारीले सर्वोच्चमा दायर गरेको रिटमाथि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ ।

गत चैत २४ गत बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरविरुद्ध सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गरेसँगै अधिकारी स्वतः निलम्बनमा परेका थिए । अधिकारीले सोमबार सर्वोच्चमा दर्ता गरेको रिटमा निलम्बन फुकुवा गरी पूर्ववत् अवस्थामै कामकाज गर्न दिन अन्तरिम आदेशको माग गरेका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेतलाई विपक्षी बनाई रिट दर्ता गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर