Nepali Unicode | Preeti to Unicode

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन र राप्रपाबीच तालमेल हुने भएको छ । झापामा गठबन्धन र राजेन्द्र लिङ्देन नेतृत्वकाे राप्रपाबीच तालेमल हुने भएको हो  ।

तालमेलका लागि सहमति भइसकेको छ । तर  हस्ताक्षर गर्न बाँकी रहेकाे  गठबन्धनका एक नेताले बताए । कमल थापा नेतृत्वको राप्रपा नेपालले एमालेको चुनाव चिन्हबाट लड्नेगरी गठबन्धन गर्ने निर्णय गरेलगतै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले प्रदेश १ मा सत्ता गठबन्धनसँग तालेमलका लागि प्रस्ताव गरेको थियो ।

झापामा मात्रै तालमेल गर्ने लगभग सहमति जुटेको गठबन्धनका एक नेताले बताए । तालमेल गर्दा  दमकमा राप्रपालाई सघाउने र अरू पालिकामा राप्रपाले गठबन्धनका उम्मेदवारलाई सघाउने ती नेताले दाबी गरे  ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा झापाको गौरीगञ्ज र हल्दीबारी गाउँपालिका अध्यक्ष जितेको राप्रपाले कचनकवल गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष जितेको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा राप्रपा दोस्रो बनेको थियो  ।

राप्रपा प्रदेश १ अध्यक्ष राम थापाले तालमेल गरेर जाने सहमति भएको जानकारी दिए । ‘ तालेल गरेर जाने सहमति भएको छ,’ उनले भने,‘ हामी गठबन्धन गर्दैनौं, आवश्यकताका आधारमा तालमेल हुन्छ ।’

राप्रपा अध्यक्ष थापाले दमक आफ्नो पार्टीले पाउने बताए ।  राप्रपाले थापालाई मेयरको उम्मेदवार घोषणा गरिसकेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमादमकमा एमालेका  रोमनाथ ओली १० हजार ८ सय६ मतसहित निर्वाचित हुँदा राप्रपाका उम्मेदवार राम थापाले ७ हजार ६ सय ५५ मत ल्याएरदोस्रो बनेका थिए ।

तेस्रो स्थानमा रहेको माओवादी केन्द्रका उम्मेदवार रेवतराजपुरीले ६ हजार ८ सय ९८ मत ल्याएका थिए ।

गठबन्धन एक्लै जादा एमालेसँग कडा प्रतिस्पर्धा हुने भएका कारण तालमेल गरेर अघिबढ्ने सहमति भएको गठबन्धनका नेताहरुले बताए ।

काङ्ग्रेस प्रदेश १ सभापति उद्धव थापाले आवश्यकताका आधारमा राप्रपासँग तालमेल गर्ने सहमति भएको बताए ।

शनिबार विराटनगरमा सत्ता गठबन्धनको प्रदेश १ स्तरीय बैठक बसेको थियो । नेकपा एकिकृत समाजवादी पार्टीको समन्वयमा बसेको बैठकले गठबन्धनलाई थप मजवुत बनाएर लैजाने सहमति गरेको बैठकमा सहभागि नेकपा एकिकृत समाजवादी मोरङकाप्रवक्ता ओसिम आलमले बताए । उनका अनुसार बैठकमा राप्रपालाई खबर गरेपनि व्यस्तताका कारण राप्रपाका नेताहरु  सहभागि भएको थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर