नेपाली काङ्ग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक शुक्रबार बस्ने भएको छ । उपसभापति एवं स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काले शुक्रबारका लागि बैठक आह्वान गरेका हुन् ।
बैठक २०७९ वैशाख २ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा स्थानीय तहमा काङ्ग्रेसको अवस्था तथा तालमेलका विषयमा छलफल हुने बताइएको छ ।
