Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई धराशायी बनाउँदै लगेको बताएका छन् ।

शनिबार राजधानीमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ओली नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा धरासायी बनाउँदै लगेको बताएका हुन् ।

कम्युनिष्ट नेतृत्वको सरकारले देशलाई आर्थिक रुपमा मात्रै नभएर आफू पनि राजनीतिक रुपमा धराशायी बन्दै गएको उनले टिप्पणी गरे । उनले भने, ‘‘कम्युनिष्ट पार्टीको सरकार भएका विश्वका अन्य मुलुकहरुमा कम्युनिष्टहरुले मुलुकलाई धरासायी पारे र आफुपनि त्यसरी नै धरासायी भए । अहिले त्यही बाटोमा नेपाल पनि छ । भ्रष्टाचार काण्डैकाण्डमा सरकार फसेको छ । यतिका काण्ड त पञ्चायति समयमा पनि भएका थिएनन होला ।’’

अध्यक्ष यादवले अहिलेको सरकार र कम्युनिष्ट पार्टीबाट मुकुकको कुनै समस्या हल हुन नसक्ने भएकाले वैकल्पिक शक्तिको आवश्यकता रहेको उनले बताए । जनता उपचार र खाना नपाएर मरिरहेको भएपनि सरकारले कुनै वास्ता नगरेको उल्लेख गर्दै उनले देशमा वैकल्पिक शक्तिको आवश्यकता रहेको बताए ।

लोक समाजवाद (समाजवाद, संघियता र लोकतन्त्र)को बाटोमा हिड्ने नयाँ राजनीतिक विचार र शक्तिको निर्माण गर्दै मुलुकको भविष्य सुनिश्चित गर्नेतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय