Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

काठमाडौं । युनिलिभर नेपालले आर्थिक वर्ष ०७६/७७ को सञ्चिति मुनाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ९ गते शुक्रबार अनलाइन माध्यमबाट सम्पन्‍न भएको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई दिने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई  शतप्रतिशत अर्थात् प्रतिसेयर १०० रुपैयाँको दरले नगद लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

कम्पनीले आगामी ४५ दिनभित्र साधारण्सभा गरिसक्ने जनाएको छ । साधारणसभा प्रयोजनका लागि कम्पनीले बुक क्लोज मिति पनि तय गरेको छ । साधारणसभा प्रयोजनका लागि अगामी कात्तिक २७ गते बुक कलोज मिति तयर गरिएको कम्पनीले जनाएको छ ।

जसअनुसार आगामी कात्तिक २६ गतेसम्म कायम सेयरधनीले कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय