Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

श्रीलङ्कामा फेसबुक, ट्विटर, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालका माध्यमहरूमा प्रतिबन्ध लगाइएको छ ।

त्यस्तै अर्को माध्यम ह्वाट्सएप पनि खुलेको छैन । खाद्यान्न र इन्धन अभावको विरोधमा प्रदर्शन भएपछि श्रीलङ्कामा सरकारले सामाजिक सञ्जालको पहुँचमा अवरोध गरेको छ । मोबाइल फोन प्रयोगकर्ताले दूरसञ्चार नियामक आयोगको निर्देशनमा यस्तो गरिएको भन्ने सन्देश पाएका छन् ।

बिहीबार भिडले राष्ट्रपतिको निजी निवासबाहिर सवारीसाधनमा आगो लगाइदिएपछि थप विरोध प्रदर्शन नहोस् भनेर कडा प्रतिबन्धहरू लगाइएको हो । त्यहाँ अहिले सङ्कटकाल घोषणा गरिएको भने कर्फ्यू पनि लगाइएको छ ।

कर्फ्यू शनिबार साँझदेखि लागू भएको हो । राष्ट्रपति गोटाबय राजपक्षले सम्बन्धित निकायबाट लिखित अनुमति नलिई कसैले पनि सडक, उद्यान, रेल वा समुद्री तटमा जान नपाउने गरी निषेधाज्ञा जारी गरेका हुन् ।

श्रीलङ्कामा इन्धन तथा अत्यावश्यक खानेकुरा र औषधिबाहेक बिजुलीको पनि ठूलो अभाव देखा परेको छ । देशमा दैनिक १२ घन्टाभन्दा बढी समय लोडसेडिङ छ ।

कागजको अभावमा लाखौँ परीक्षार्थीहरूको परीक्षासमेत रोकिएको छ । त्यस्तै, अस्पतालमा स्वास्थ्य सामग्रीको अभाव देखिन थालेको छ । –बिबिसीबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय