Nepali Unicode | Preeti to Unicode

गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पत्रकार ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो । कान्तिपुर टेलिभिजनका जिल्ला ब्युरो प्रमुख ऐरी नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक समेत हुन् ।

डडेलधुराका ऐरी १८ वर्षदेखि पत्रकारितामा छन् । पत्रकारितामा एमफिल गरेका ऐरी डडेलधुरा शान्ति समाजको संयोजकसमेत भएका थिए ।त्यस्तै श्रमजीवी पत्रकारहरूको न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार सङ्गीता खड्का नियुक्त भएकी छन् । उनी नेपाल पत्रकार महासङ्घकी पूर्वसचिवसमेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर