नेपालको चर्चित युटुब च्यानल ‘बुढासुब्बा डिजिटल’ ह्याक भएको छ ।
कम्पनीले युटुब च्यानलमाथि अनधिृकत पहुँचबारे अनुसन्धान भइरहेको र यसलाई पुरानै अवस्थामा फर्काउन प्रयास भइरहेको जानकारी दिएको छ ।
च्यानल ह्याक भएसँगै केही दिनअघि मात्र सार्वजनिक भएको अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापा अभिनित फिल्म ‘ए मेरो हजुर ४’ को ट्रेलर र गीतसमेत गायब भएका छन् ।
यसबाहेक च्यानलमा रहेको अन्य भिडियो सामग्रीहरू समेत गायब भएको कम्पनीले जनाएको छ । ह्याकरले च्यानल कब्जामा लिई इथेरियम क्रिप्टोकरेन्सीको प्रचार गर्ने भिडियो लाइभ गरेका थिए ।
दुई वर्षअघि पनि बुढासुब्बा डिजिटलको युटुब च्यानल ह्याक भएको थियो । बुढासुब्बाका अन्य दुई युटुब च्यानल बुढासुब्बा डिजिटल मुभिज र बुढासुब्बा सङ्स भने सुरक्षित छन् ।
