Nepali Unicode | Preeti to Unicode

मन्त्रिपरिषद्को नियमित बैठक बिहीबार (आज) बस्दै छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा भोलि भारत भ्रमण जाने हुँदा विभिन्न जिम्मेवारी बैठकबाट बाँडफाँड हुने बताइएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा देउवा शुक्रबार भारत जाने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री देउवाले शनिबार भारतीय समकक्षीसँग भेटवार्ता गर्नेछन् ।

शनीबार नै दुई देशका प्रधानमन्त्रीबाट जनकपुर जयनगर रेलसेवा समेत उद्घाटन गर्ने कार्यसूची छ ।

प्रतिक्रिया

सम्बन्धित खवर