Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

चैत १५ गते । स्थानीय तह निर्वाचनमा शान्तिसुरक्षा व्यवस्थापनको दृष्टिकोणले दुुई हजार ९४५ वटा मतदानस्थललाई अतिसंवेदनशील क्षेत्रको सूचीमा राखिएको छ । त्यस्ता मतदानस्थलको शान्ति सुरक्षा व्यवस्थापनका लागि तीन किसिमको सुरक्षा घेरा बनाइएको छ । पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन गरिने भएको छ । यसअधि गृह मन्त्रालयले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना’ कार्यान्वयनका लागि ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको थियो ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सुरक्षा योजना पारित गरेको हो । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले कार्ययोजना कार्यान्वयन तथा पूर्वतयारीका लागि जिल्लामा परिपत्र गरिएको र सोहीअनुसार सुरक्षा योजना बनेको जानकारी दिनुभयो ।

स्थानीय निर्वाचनअन्तर्गत मतपत्र छपाइको सुरक्षा, दुर्गम स्थानमा मतपत्र तथा मतपेटिका पु¥याउने र मतदानपछि गणनास्थलसम्म ल्याउने जिम्मा नेपाली सेनालाई तोकिएको छ । निर्वाचनको ३० दिनअघिदेखि निर्वाचनस्थलको ‘पट्रोलिङ’ गस्तीसमेत नेपाली सेनाले गर्नेछ ।निर्वाचनस्थलमा सेनाको बम डिस्पोजल टोली र मतदान केन्द्रबाट बढीमा ३० मिनेटको दूूरीमा सेनाका फौज तैनाथ गरिनेछ । मतदानको समयमा बाहिरी सुरक्षा घेरामा सेना परिचालित हुनेछ । सेनाले आवश्यकताअनुसार हवाई गस्ती पनि गर्नेछ ।

२०७९ वैशाख ३० मा तय भएको स्थानीय तहको निर्वाचनमा आवश्यक मतपत्र छपाइ जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा भइरहेको छ । त्यसको सुरक्षाको जिम्मासमेत सेनालाई तोकिएको छ ।मुलुकको ७७ वटै जिल्ला प्रशासन कार्यालयले अन्तर्राष्ट्रिय सीमा नाका, अराजक समूह, प्रमुख राजनीतिक दलबीच कडा प्रतिस्पर्धा, कार्यकर्ताबीच हुन सक्ने मुठभेड र विगतको निर्वाचन सुरक्षा अवस्थाको समीक्षा तथा मूल्याङ्कन गरी अतिसंवेदनशील क्षेत्रको सूची तयार पारिएको हो ।

गृह मन्त्रालयका अनुसार, १० हजार ७५६ वटा मतदानस्थल राखिएका छन् । तीमध्ये दुई हजार ९४५ अतिसंवेदनशील, चार हजार ४२० संवेदनशील र तीन हजार ३९१ सामान्य छन् । विशेष गरी सीमा नाका जोडिएका जिल्लाको दक्षिण क्षेत्रका मतदानस्थल अतिसंवेदनशीलको सूचीमा छन् ।

एउटा मतदानस्थलभित्र एकदेखि तीनवटासम्म मतदान केन्द्र रहनेछन् । गृह प्रवक्ता फणीन्द्रमणि पोखरेलका अनुसार, २१ हजार ९५५ भन्दा बढी मतदानस्थल रहेका छन् । सुरक्षा संवेदनशीलताको आधारमा मतदानस्थलमा सुरक्षा व्यवस्था मिलाइएको छ । अतिसंवेदनशीलमा वरिष्ठ प्रहरी नायब निरीक्षक र प्रहरी नायब निरीक्षकको कमान्डमा पाँच प्रहरी र आठ म्यादी गरी १३ र संवेदनशीलमा चार प्रहरी र छ म्यादी गरी १० जना सुरक्षाकर्मी खटाइएको छ । त्यस्तै सामान्य मतदानस्थलमा प्रहरी सहायक निरीक्षकको कमान्डमा तीन प्रहरी र पाँच जना म्यादी गरी आठ जना सुरक्षाकर्मी खटाइने निर्णय भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय