Nepali Unicode | Preeti to Unicode
 BREAKING
अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू | आजका केही प्रमुख अन्तर्राष्ट्रिय समाचार | बागमती प्रदेश सरकारबाट बाहिरियो एमाले, ६ जना मन्त्रीले दिए सामूहिक राजीनामा |

त्रिकोणात्मक टी–ट्वान्टी सिरिज अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज (सोमबार) पपुवा न्युगिनी (पीएनजी)सँग प्रतिस्पर्धा गर्दैछ । नेपाल, मलेसिया र पीएनजी सम्मिलित त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपालले पीएनजीसँग खेल्न लागेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल मध्यान्ह १२ : ३० मा सुरु हुनेछ । पीएनजीसँगको एकदिवसीय सिरिज गुमाएको नेपाल टी–ट्वान्टी सिरिजमा भने आफूलाई बलियो सावित गर्ने योजनामा छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजमा नेपाललाई घरेलु मैदानमा सिरिज जित्ने मौका छ । तर, एकदिवसीय क्रिकेटमा पीएनजीसँग दुई खेलमा पराजित भएको नेपाललाई भने आजको खेलमा डर छ ।

नेपाल पीएनजीसँग पहिलो खेलमा ६ रन र दोस्रो खेलमा ३ विकेटले पराजित भएको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा क्लिन स्विप भएको नेपाल टी–ट्वान्टी सिरिजमा त्यसको बदला लिने लक्ष्यमा छ ।
यसअघि नेपाल र पीएनजी एक पटक टी–ट्वान्टी अन्तर्राष्ट्रिय आमनेसामने भएका छन् । सन् २०१५ मा नेपालले आईसीसी टी–ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा पीएनजीसँग खेलेको थियो ।

७ वर्षअघि भएको खेलमा नेपाल पीएनजीसँग ८ विकेटले पराजित भएको थियो । पीएनजीले पछिल्लो ६ टी–ट्वान्टी खेलमा जित निकाल्न सकेको छैन । नेपाल भने पछिल्लो ५ खेलमा ४ जित निकाल्दा १ खेलमा मात्र पराजित भएको छ । नेपालले त्रिवि क्रिकेट मैदानमा ८ टी–ट्वान्टी खेल खेल्दा ७ खेलमा जित निकालेको छ । त्यसैले नेपाल आजको खेलमा पनि सहज जित निकाल्ने योजनमा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय