Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

चैत १३ गते । नेपाली राष्ट्रिय फुटबल टोलीले मैत्रीपूर्ण खेलमा आज (आइतबार) थाइल्यान्डको शीर्ष क्लब चोनबरी एफसीसँग प्रतिस्पर्धा गर्दैछ । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपालले थाइल्यान्डको शीर्ष क्लबसँग मैत्रीपूर्ण अभ्यास खेल खेल्न लागेको हो ।

नेपालले बिहीबार थाइल्यान्डको राष्ट्रिय टोलीसँग पनि मैत्रीपूर्ण फुटबल खेलिसकेको छ । नेपाल थाइल्यान्डसँग २-० गोलले पराजित भएको थियो । नेपालले चोनबरीसँग साँझ ५:४५ बजे उसैको मैदानमा प्रतिस्पर्धा गर्न लागेको हो । थाइल्यान्डको राष्ट्रिय टोलीसँग पराजित नेपाल चोनबरी एफसीसँग स्पस्ट जित निकाल्ने तयारीमा छ ।

एएफसी एसियन कप छनोट खेलमा नेपाल समूह ‘ए’ मा छ । समूहमा नेपालसहित कुवेत, जोर्डन र इन्डोनेसिया रहेका छन् । नेपालका लागि यो समूह तुलनात्मक रुपमा निकै कठिन समूह हो । समूह चरणको खेल जुन ८ देखि १४ सम्म कुवेतमा आयोजना हुनेछ ।

एएफसीले छनोटमा सहभागी २४ देशलाई ६ समूहमा विभाजन गरेको छ । प्रत्येक समूहको शीर्ष टोली र पाँच उत्कृष्ट दोस्रो टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय