Nepali Unicode | Preeti to Unicode

पुल उद्घाटनका लागि चितवनको माडी पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिद परिवारको घरमा खाना खाएका छन् ।

आफ्नै निर्वाचन क्षेत्र (चितवन–३) को माडी पुगेका प्रचण्डले सहिद नीलकण्ठ सुवेदीको घरमा उनले खाना आएको हुन् । सुवेदीको आज स्मृति दिवस पनि परेको छ ।

प्रचण्डले खाना खाएको तस्बिर उनकी स्वकीय सचिव तथा छोरी गङ्गा दाहालले फेसबुकमा पोस्ट गरेकी छन् ।

प्रचण्डले आज माडीस्थित परवी खोलाको पुल उद्घाटनसमेत गरेका छन् । प्रचण्डको निर्वाचन क्षेत्रअन्तर्गत माडी नगरपालिकाभित्र १३ वटा पुल निर्माणको चरणमा छन् । त्यसमध्ये दुईवटा पुल निर्माण सम्पन्न भएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर