Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली र वाँकी प्रदेशमा सामान्य बदली रही प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार प्रदेश १ र प्रदेश २ का केही स्थान तथा वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

शनिबार दिउँसो प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थान र कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक दुइ स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको संभावना रहेको छ विभागले बताएको छ ।

शनिबार राति प्रदेश १, प्रदेश २, वागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न ५ मा सामान्य बदली रही केही स्थान तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । विभागले प्रदेश नं १ का केही स्थानमा मध्यम देखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागका अनुसार आइतबार दिउँसो प्रदेश १, प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थान तथा प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ का केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

विभागका अनुसार आइतबार राति प्रदेश नं १, प्रदेश नं २ र वागमती प्रदेशमा सामान्य बदली रही थोरै स्थानमा तथा वाँकी प्रदेशमा आंशिक बदली रही केही स्थानमा हल्का वर्षा हुने  सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

विभागकी मौसमविद् गंगा नगरकोटीका अनुसार आजसम्म लगातार वर्षा हुने र घाम लाग्ने सम्भावना छैन । शनिबारबाट क्रमिक रुपमा मनसुनको सक्रियता घट्दै जाने तर प्रदेश–१ र प्रदेश–२ मा भने मनसुन सक्रिय नै रहने छ ।

पश्चिमी वायू र स्थानीय वायू सक्रिय हँुदा केही क्षेत्रमा एक सातासम्म वर्षा हुने उनको भनाइ छ । हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेका कारण नेपालमा वर्षा भइरहेको हो ।

सामान्यतः सेप्टम्बर २३ (हिजो) नेपालमा मनसुन अन्त्य हुनु पर्ने हो । तर यो वर्ष मनसुन केही लम्बिएको छ । विभागका अनुसार अझै केही दिन मनसुन सक्रिय रहने छ । “सामान्य अवस्थामा सेप्टेम्बर २३ मा मनसुन सक्रिय हुन्छ भन्ने हो । तर यो पटक अझै केही समय मनसुन सक्रिय नै हुने छ ।”

३० वर्षको सक्रिय मनसुनको अवधीका आधारमा औषतमा नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय रहन्छ भन्ने तथ्यांक निकालिएको हो । तर पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा मनसुन केही साता पछिसम्म सक्रिय रहेको पाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय