Nepali Unicode | Preeti to Unicode
 BREAKING
तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने काममा संलग्न पाँच जना पक्राउ | मन्त्री जेएन थपलियाले भने: बागमती प्रदेश सभा बैठकमा बोलेर हामी सरकारबाट बाहिरिन्छौं | वैदेशिक रोजगारीमा जाने युवालाई दुःख दिने कार्य स्वीकार्य छैन: प्रधानमन्त्री दाहाल | दुई हजारले घट्यो सुनको मूल्य | राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जाने नजानेमा अन्योलमा | प्रधानमन्त्री मोदीविरुद्ध आपत्तिजनक ‘पोस्टर’ टाँसेको अभियोगमा पक्राउ | यस वर्ष आँपको उत्पादन बढ्ने | राष्ट्रिय सभामा सांसद बिमला राईको प्रश्न: बोल्न खोज्नेको मुख थुन्न मिल्छ ? | वैदेशिक रोजगारीमा जाने श्रमिककाे सामाजिक सुरक्षामा आबद्धता सुरु | दैलेखमा ग्याँस सिलिन्डर बोकेको ट्रक दुर्घटना, तीनको मृत्यु |

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टीहरूबीच एकता गर्ने वा चुनावी गठबन्धन गरेर जाने विषयमा छलफल तीव्र बनेका छन् । नेकपा एमालेमा वाम एकताको आवाज फेरि उठ्न थालेको छ । त्यसैगरी, नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी गठबन्धनको चर्चा चलिरहेकै छ ।

अन्य साना दलहरू पनि चुनावी रणनीतिमा जुटेका पाइन्छन् । सम्भव भए पार्टी एकता नभए कार्यगत एकता त्यो पनि नभए चुनावी गठबन्धन गरेरै भए पनि चुनावमा सक्दो उपलब्धि हासिल गर्ने ताकमा दलहरू देखिन्छन् ।

यही बेला विचारमा खासै भिन्नता नभएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीबीच एकताको तयारी अगाडि बढेको छ । पछिल्लो केही सातायता दुई पक्षबीच वार्ताको क्रम बाक्लिएको छ । एकताको कुरा अन्तिम चरणसम्मै पुगेको राप्रपाका एक नेताले जानकारी दिए ।

राप्रपाका महामन्त्री डाक्टर धवलशमशेर राणा यस कामका लागि विशेष रूपमा खटेका छन् । उनले विवेकशील साझाका नेताहरूसँग विभिन्न चरणको छलफलमार्फत एकताको मोडालिटीमा सहमति जुटाइसकेको बताइन्छ । यसैबीच राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रबीचसमेत भेटवार्ता भइसकेको छ ।

दुई पार्टीबीच एजेन्डाको हिसाबले मतभिन्नता नरहेकाले नेतृत्व र सङ्गठनात्मक विषय मिलाएर एकता गर्ने मोटामोटी सहमति भएको हो ।

पार्टीको नामबारे भने अझै सहमति जुटेको छैन । राप्रपा पक्ष अहिलेकै नाममा प्रतिबद्ध छ भने मिश्र पक्ष आफूहरूको अपनत्व रहने गरी पार्टी एकता हुनुपर्ने अडानमा देखिएको छ । राप्रपा साझा वा साझा राप्रपा नाम हुनुपर्ने प्रस्ताव मिश्र पक्षको छ । तर, चुनाव चिह्न भने हलो नै स्वीकार्न मिश्र राजी भएका छन् । मिश्रले पार्टीको झन्डामा चाहिँ तराजु हुनुपर्ने माग राखेका छन् । नेतृत्वको विषयमा लिङ्देन मूल अध्यक्ष रहने भए पनि मिश्रको कसरी व्यवस्थापन हुने भन्नेबारे छलफल चलिरहेको छ ।

पछिल्लो पटक दुई पक्षबीच गत आइतबार वार्ता भएको थियो । सोही वार्ताबाट दुवै पक्ष एकता नजिक पुगेका हुन् । अब केही प्राविधिक विषय टुङ्ग्याएर एकता हुने बताइएको छ । ‘स्थानीय तहको चुनावमा दुई पार्टी एउटै भएर चुनावमा जाने निश्चित जस्तै छ,’ राप्रपाका एक नेताले भने ।

राप्रपाले सनातन हिन्दुराष्ट्र, राजसंस्थासहितको लोकतन्त्र, सुदृढ स्थानीय स्वायत्त शासन प्रणाली र आर्थिक उदारवादलाई मुख्य एजेन्डा बनाउँदै आएको छ । पछिल्लो समय मिश्र पनि ‘देशभन्दा माथि विचार नहुने’ भन्दै सबै व्यवस्थाप्रति उदारता प्रकट गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय