Nepali Unicode | Preeti to Unicode

मोरङ्, चैत ७ गते । प्रधानमन्त्री शेरबहादुर देउवाले लेटाङ्मा आइतबार एक प्रहरीको ज्यान जाने गरी भएको घटनाकाे छानविन गरी दोषिमाथि कारवाही गरिने बताउनुभएको छ ।
मोरङको सुन्दरहरैंचा नगरपालिका भवनको उद्घाटनको गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो ।
उहाँले स्थानीय तहको निर्वाचन गराउने काम निर्वाचन आयोगको भएको र निष्पक्ष रुपमा निर्वाचन गराउन सरकारले सहयोग गर्ने बताउनुभयो ।
नेपाल संघीय संरचनामा गए पछि स्थानीय तहलाई अधिकार दिइएको र स्थानीय तहले जनाताको निकट रही काम गर्ने हुँदा जनताको मन जित्ने गरी काम गर्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर