काठमाण्डाै – लिभरपुल र बार्यन म्यूनिख यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । आज बिहान भएको दोस्रो लेगमा इटालियन क्लब इन्टर मिलानसँग १–० ले पराजित भएपनि इंग्लिस क्लब लिभरपुल यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुग्न सफल भयो ।
समग्रमा २–१ गोलको जित निकाल्दै लिभरपुल अन्तिम आठमा पुगेको हो । पहिलो लेगमा लिभरपुलले २–० गोलको जित निकालेको थियो । दोस्रो लेगमा इन्टरका लोउटारो मार्टिनेजले गोल गरी टोलीलाई जिताए । तर पहिलो लेगमा हारेका कारण इन्टर क्वाटरफाइनल पुग्न असफल भयो ।
त्यस्तै अर्को खेलमा रोबर्ट लेवान्डोस्कीको ह्याट्रिकसँगै जर्मन क्लब बार्यन म्यूनिख यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्यनले दोस्रो लेगमा अष्ट्रियन क्लब साल्जवर्गलाई ७–१ गोलले हरायो । बार्यनका लेवान्डोस्कीले ह्याट्रिक गरेको खेलमा थोमस मुलरले दुई तथा सर्ज जिनाब्री र लिरोए सानेले समान एक÷एक गोल गरे । साल्जवर्गका मौरिट्स काएरगार्डले एक गोल फर्काए । पहिलो लेग एक÷एक गोलको बराबरी भएको थियो ।
