Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

काठमाडौं, असोज ९ । सर्वोच्च अदालतले कृषियोग्य जमिन कित्ताकाट खोल्ने निर्णय तत्काल कार्यान्वयन नगर्नरनगराउन अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै यसअघिको निर्देशनात्मक आदेशसहित छलफलमा बोलाएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश अनिलकुमार सिन्हाको संयुक्त इजलासले जग्गा कित्ताकाटसम्बन्धी निर्णयलाई निरन्तरता दिने वा रोक्ने भन्ने छलफल गर्न असोज २० का लागि पेसी तोकेको छ।

यसअघि भदौ २९ मा न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासले मन्त्रालयको भदौ १८ को निर्णय रोकी कार्यान्वयन नगर्न÷नगराउन अल्पकालीन अन्तरिम आदेश जारी भएको थियो। कृषियोग्य जग्गाको खण्डीकरण नियन्त्रण गर्नेसम्बन्धी निर्णय र त्यसैअनुसार सर्वोच्चबाट २०७४ फागुन २ मा भएको निर्देशनात्मक आदेशको सक्कल मिसिलसमेत झिकाउने आदेश छ। असोज २० मा छलफलपछि मन्त्रालयले गरेको निर्णय कार्यान्वयन हुने वा रोकिने भन्ने विषयमा टुंगो लाग्ने आजको नागरिक दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय