एमसिसी अनुमोदन भएपछि पहिलो पटक आज (बुधबार) प्रतिनिधि सभा (संसद)को बैठक बस्दै छ ।
गत आइतबारको संसद बैठकले एमसिसी अनुमोदन गरेको थियो । त्यसपछि स्थगित गरिएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो ।
संसद बैठकको सम्भावित कार्यसूची सङ्घीय संसद सचिवालयले सार्वजनिक गरेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/०७८’ पेस गर्ने कार्यसूची छ ।
त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ। ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची छ ।
