Nepali Unicode | Preeti to Unicode

विराटनगरको कोसी अस्पतालको शौचालयमा साललनालसहितको शिशुको शव फेला परेको छ । इमरजेन्सी वार्डको शौचालयभित्र सालनालसहतिको मृत शिशु फेला परेको हो ।

बिहान साढे ९ बजे शौचालको प्यानभित्र सालनालसहितको बच्चा देखेपछि अस्पतालका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए । लगत्तै पुगेको प्रहरीले शौचालयबाट शिशुलाई निकालेको थियो । निकालेलगत्तै अस्पतालका चिकित्सकले मृत घोषित गरेका थिए । शिशुको आमाको पहिचान नभएको प्रहरीले बताएको छ । जन्मिनेबित्तिकै हत्या गरी शौचालयमा फालेको हुनसक्ने आशङ्का गर्दै प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर